इतिहास लाइ पग्लिदो राप


यसपाली आकाश का चिलहरू आफ्नै उडाई नाप्दै बसेका छन
जमिन का चल्लाहरु खतरामुक्ति को रवाफ मा हुर्किरहेका छन
मकैबारी मा पल्किएका स्यालहरु यसपाली आफ्नै कालो ओडार खोज्दैछन
मकैका बोटहरु टाउको उठाएर खेतहरु मा जित मनाउदैछन !!

यसपाली गीत लेख्ने गीतकार हरु गीत कै बगैंचा मा बास खोज्न हिडेका छन
खेत-खलियान का वकिफुलहरु अन्योल मा मृत्यु पर्खी बसेका छन
काँस का थाल हरु यसपाली काँस कै ओठ खोज्दै बसेका छन
भोका मुखहरू को प्रलाप साँझ को शोकगीत पर्खी रहेछ,

खतरा मुक्ति को रवाफ का चल्ला, मकै का बोट हरु को दम्भ
वकिफुल हरु को चित्कार,भोका मुख हरु को प्रलाप पछी
अब कसै ले पहाड हरु हेर्दै हरियाली को गीत नलेखे हुन्छ
सबै काला पहाड हरु मा युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

यसपाली आकाश हरु बाट अलग्गिएका बादल हरु तातो राप को खोजि गर्दैछन
गर्भवती हुन् कामातुर धर्ति का चिरा हरु मौन बसेका छन
बाटो का डोब हरु यसपाली आफ्नै पैताला को खोजि मा मस्त छन
अँध्यारो बस्ति का यात्री हरु यात्रा छिचोल्न अलमलमा परेका छन

यसपाली बिज्ञान का खोज हरु तथ्यहरु को सङ्कट हेर्दै बसेका छन
अन्वेषण का भोक हरु एड्स को निन्याउरो अनुहार हेर्दै मौन छन
यसपाली सूचना का आँखाहरु सुचित गांजलहरु को भारी बोक्दै हिडेका छन
प्रबिधि को चकटी माथि लम्पसार कविताहरु, भोलिको उज्यालो पर्खी बसेका छन

आफ्नै ब्याकुल चेहरा बाट युग तपतपी चुहिदै गएका बेला
अब कसै ले मायालु को बैंश कल्पिदै वियोग को गीत नलेखे हुन्छ
सबै बैंश का खेत हरु मा भर्भराउँदो युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

0 comments:

Post a Comment