इतिहास लाइ पग्लिदो राप


यसपाली आकाश का चिलहरू आफ्नै उडाई नाप्दै बसेका छन
जमिन का चल्लाहरु खतरामुक्ति को रवाफ मा हुर्किरहेका छन
मकैबारी मा पल्किएका स्यालहरु यसपाली आफ्नै कालो ओडार खोज्दैछन
मकैका बोटहरु टाउको उठाएर खेतहरु मा जित मनाउदैछन !!

यसपाली गीत लेख्ने गीतकार हरु गीत कै बगैंचा मा बास खोज्न हिडेका छन
खेत-खलियान का वकिफुलहरु अन्योल मा मृत्यु पर्खी बसेका छन
काँस का थाल हरु यसपाली काँस कै ओठ खोज्दै बसेका छन
भोका मुखहरू को प्रलाप साँझ को शोकगीत पर्खी रहेछ,

खतरा मुक्ति को रवाफ का चल्ला, मकै का बोट हरु को दम्भ
वकिफुल हरु को चित्कार,भोका मुख हरु को प्रलाप पछी
अब कसै ले पहाड हरु हेर्दै हरियाली को गीत नलेखे हुन्छ
सबै काला पहाड हरु मा युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

यसपाली आकाश हरु बाट अलग्गिएका बादल हरु तातो राप को खोजि गर्दैछन
गर्भवती हुन् कामातुर धर्ति का चिरा हरु मौन बसेका छन
बाटो का डोब हरु यसपाली आफ्नै पैताला को खोजि मा मस्त छन
अँध्यारो बस्ति का यात्री हरु यात्रा छिचोल्न अलमलमा परेका छन

यसपाली बिज्ञान का खोज हरु तथ्यहरु को सङ्कट हेर्दै बसेका छन
अन्वेषण का भोक हरु एड्स को निन्याउरो अनुहार हेर्दै मौन छन
यसपाली सूचना का आँखाहरु सुचित गांजलहरु को भारी बोक्दै हिडेका छन
प्रबिधि को चकटी माथि लम्पसार कविताहरु, भोलिको उज्यालो पर्खी बसेका छन

आफ्नै ब्याकुल चेहरा बाट युग तपतपी चुहिदै गएका बेला
अब कसै ले मायालु को बैंश कल्पिदै वियोग को गीत नलेखे हुन्छ
सबै बैंश का खेत हरु मा भर्भराउँदो युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

फर्कन्छु साथी म त ।


१।जो भेट्यो उसकै कथा छ तगडा ऊ भन्छ फर्की नजायो स्वर्गीय सदासदा सुख दिने छोडेर तर्की नजा पैसा टिप्नु टपक्क टक्टक नयाँ पैसा न हो इज्जतभन्ने ज्ञान अटेन यो मन भरी फर्कन्छु साथी म त ।२।कोही नम्र भएर भन्छ सजिलै साथी तिमी मूर्ख हौ मौका आउँछ पर्खँदैन कहिले फर्की यहाँ आउँछौपैसा सम्झ नसम्झ देश दुनियाँ पैसै लगाऊ लतयो सल्लाह नमान भन्छ मनले फर्कन्छु साथी म त ।३।हे बुद्धू किन मूर्ख बन्छ रमिते के खोज्न जान्छस् घरव्यर्थैको किन देशभक्त बनिने पोल्टाभरी के छ रआधी पेट नकाट गाँस अब यैँ बस्दै बने उज्ज्वलभन्नेलाई सलाम बस्दिनँ यहाँ फर्कन्छु साथी म त ।४।खाजी दिन्छु म काम सुक्ख सुविधा गाडी सवारी सुखमीठो खान र घुम्न लाउन नयाँ मौका मिल्यो भर्खरलाऊ काम नरोज नाम भ्रम हो के दिन्छ तेल्ले कता भन्ने स्नेह सदा म सम्झिरहुँला फर्कन्छु साथी म त ।५।मीठो छैन उता यतै छ भरिलो नेपाल बिसर्ी बस भन्नेको मनमा अझै छ रसिलो आमा चुसेको रस आमालाई भुलेर गाउँ घरमा माटो खरानी सितआफू मात्र रमाउने शहर यो फर्कन्छु साथी म त /६।यो ठूलो नगरी यो भव्य गरिमा आकाश धर्ती दुवैउस्कै साथ छ बस्छ रम्छ सुखले संसार थर्काउँदैजे बोल्यो उसकै मजा र मसिनो मानो मुरी इज्जतआफू हेय तरक्क रुन्छ मन यो फर्कन्छु साथी म त ।७।पैसा छैन र छैन रिस झगडा माया मिठो सुन्दरबाँडी बाँच्न सिकेँ रमाउन सिकेँ स्वर्गीय मेरो घरमेरै निम्ति मलाइ पर्खिरहने मेरा सबै चिन्तितयो टाढा कसरी बसी दिन गनूँ फर्कन्छु साथी म त ।८।होला यो विधिको महासुख दिने साम्राज्य होला नयाँ नौलो ज्ञान बिहान मानहरुले आकाश छोला नयाँजे होला जसरी सबै सतहमा उस्कै न हो इज्जत आफ्नो काँध पराइ साँध नबनोस् फर्कन्छु साथी म त ।९।आफ्नो देश बनाउने दिनमहाँ भोकै बसे यी पिन लामो युद्ध सहे लडे युग जिते साँचेर साजीवनीपुर्खाको पद चिन्ह चिन्न नसके आउन्न भोलि र त यी मान्छे दुखमा जिए सुख टिपे फर्कन्छु साथी म त ।१०।सैयौँ वर्ष बिते गए दुखहरु यिन्का भए उन्नितपुर्खाको पसिना टिपेर अहिले चम्किरहे सन्तितयौटाले दुख खेप्छ बन्छ नगरी सन्तान हाँस्लान् नि तमेर्र देश गएर पोखछु पसिना फर्कन्छु साथी म त ।११।खाने छैन र छैन बास सुखको सन्तान भोकै तरहारेको इतिहास छैन श्रमले चम्काउँला त्यो घरसाँच्चै हो सुख छैन भोकहरु छन् आशा छ भोलिसितबाँझो हो तर व्यर्थ छैन धरती फर्कन्छु साथी म त ।१२।छामी देश विदेश सिपहरुले सद्ज्ञान साट्ने बनी जानी जे जसरी सकिन्छ उसरी जीवन्त बन्ने गरीयो नौलो युगको नयाँ प्रविधि जो नेपाल भित्राउँछ उस्को स्वागत हुन्छ है मुलुकमा फर्कन्छु साथी म त ।१३।बस्नेलाई सलाम लामहरुमा आफू भएरै बसआफ्नो निम्ति छ जिन्दगी यदि भने आफू रहेरै बस सक्छौ मेट्न भने बसेर सुखले छाती भरीको खतआफ्नो देश नबिस्र सम्झ दुखमा फर्कन्छु साथी म त