इतिहास लाइ पग्लिदो राप


यसपाली आकाश का चिलहरू आफ्नै उडाई नाप्दै बसेका छन
जमिन का चल्लाहरु खतरामुक्ति को रवाफ मा हुर्किरहेका छन
मकैबारी मा पल्किएका स्यालहरु यसपाली आफ्नै कालो ओडार खोज्दैछन
मकैका बोटहरु टाउको उठाएर खेतहरु मा जित मनाउदैछन !!

यसपाली गीत लेख्ने गीतकार हरु गीत कै बगैंचा मा बास खोज्न हिडेका छन
खेत-खलियान का वकिफुलहरु अन्योल मा मृत्यु पर्खी बसेका छन
काँस का थाल हरु यसपाली काँस कै ओठ खोज्दै बसेका छन
भोका मुखहरू को प्रलाप साँझ को शोकगीत पर्खी रहेछ,

खतरा मुक्ति को रवाफ का चल्ला, मकै का बोट हरु को दम्भ
वकिफुल हरु को चित्कार,भोका मुख हरु को प्रलाप पछी
अब कसै ले पहाड हरु हेर्दै हरियाली को गीत नलेखे हुन्छ
सबै काला पहाड हरु मा युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

यसपाली आकाश हरु बाट अलग्गिएका बादल हरु तातो राप को खोजि गर्दैछन
गर्भवती हुन् कामातुर धर्ति का चिरा हरु मौन बसेका छन
बाटो का डोब हरु यसपाली आफ्नै पैताला को खोजि मा मस्त छन
अँध्यारो बस्ति का यात्री हरु यात्रा छिचोल्न अलमलमा परेका छन

यसपाली बिज्ञान का खोज हरु तथ्यहरु को सङ्कट हेर्दै बसेका छन
अन्वेषण का भोक हरु एड्स को निन्याउरो अनुहार हेर्दै मौन छन
यसपाली सूचना का आँखाहरु सुचित गांजलहरु को भारी बोक्दै हिडेका छन
प्रबिधि को चकटी माथि लम्पसार कविताहरु, भोलिको उज्यालो पर्खी बसेका छन

आफ्नै ब्याकुल चेहरा बाट युग तपतपी चुहिदै गएका बेला
अब कसै ले मायालु को बैंश कल्पिदै वियोग को गीत नलेखे हुन्छ
सबै बैंश का खेत हरु मा भर्भराउँदो युग बिबेक रातो आगो लिएर
इतिहास लाइ पग्लिदो राप दिन तयार छ!!

फर्कन्छु साथी म त ।


१।जो भेट्यो उसकै कथा छ तगडा ऊ भन्छ फर्की नजायो स्वर्गीय सदासदा सुख दिने छोडेर तर्की नजा पैसा टिप्नु टपक्क टक्टक नयाँ पैसा न हो इज्जतभन्ने ज्ञान अटेन यो मन भरी फर्कन्छु साथी म त ।२।कोही नम्र भएर भन्छ सजिलै साथी तिमी मूर्ख हौ मौका आउँछ पर्खँदैन कहिले फर्की यहाँ आउँछौपैसा सम्झ नसम्झ देश दुनियाँ पैसै लगाऊ लतयो सल्लाह नमान भन्छ मनले फर्कन्छु साथी म त ।३।हे बुद्धू किन मूर्ख बन्छ रमिते के खोज्न जान्छस् घरव्यर्थैको किन देशभक्त बनिने पोल्टाभरी के छ रआधी पेट नकाट गाँस अब यैँ बस्दै बने उज्ज्वलभन्नेलाई सलाम बस्दिनँ यहाँ फर्कन्छु साथी म त ।४।खाजी दिन्छु म काम सुक्ख सुविधा गाडी सवारी सुखमीठो खान र घुम्न लाउन नयाँ मौका मिल्यो भर्खरलाऊ काम नरोज नाम भ्रम हो के दिन्छ तेल्ले कता भन्ने स्नेह सदा म सम्झिरहुँला फर्कन्छु साथी म त ।५।मीठो छैन उता यतै छ भरिलो नेपाल बिसर्ी बस भन्नेको मनमा अझै छ रसिलो आमा चुसेको रस आमालाई भुलेर गाउँ घरमा माटो खरानी सितआफू मात्र रमाउने शहर यो फर्कन्छु साथी म त /६।यो ठूलो नगरी यो भव्य गरिमा आकाश धर्ती दुवैउस्कै साथ छ बस्छ रम्छ सुखले संसार थर्काउँदैजे बोल्यो उसकै मजा र मसिनो मानो मुरी इज्जतआफू हेय तरक्क रुन्छ मन यो फर्कन्छु साथी म त ।७।पैसा छैन र छैन रिस झगडा माया मिठो सुन्दरबाँडी बाँच्न सिकेँ रमाउन सिकेँ स्वर्गीय मेरो घरमेरै निम्ति मलाइ पर्खिरहने मेरा सबै चिन्तितयो टाढा कसरी बसी दिन गनूँ फर्कन्छु साथी म त ।८।होला यो विधिको महासुख दिने साम्राज्य होला नयाँ नौलो ज्ञान बिहान मानहरुले आकाश छोला नयाँजे होला जसरी सबै सतहमा उस्कै न हो इज्जत आफ्नो काँध पराइ साँध नबनोस् फर्कन्छु साथी म त ।९।आफ्नो देश बनाउने दिनमहाँ भोकै बसे यी पिन लामो युद्ध सहे लडे युग जिते साँचेर साजीवनीपुर्खाको पद चिन्ह चिन्न नसके आउन्न भोलि र त यी मान्छे दुखमा जिए सुख टिपे फर्कन्छु साथी म त ।१०।सैयौँ वर्ष बिते गए दुखहरु यिन्का भए उन्नितपुर्खाको पसिना टिपेर अहिले चम्किरहे सन्तितयौटाले दुख खेप्छ बन्छ नगरी सन्तान हाँस्लान् नि तमेर्र देश गएर पोखछु पसिना फर्कन्छु साथी म त ।११।खाने छैन र छैन बास सुखको सन्तान भोकै तरहारेको इतिहास छैन श्रमले चम्काउँला त्यो घरसाँच्चै हो सुख छैन भोकहरु छन् आशा छ भोलिसितबाँझो हो तर व्यर्थ छैन धरती फर्कन्छु साथी म त ।१२।छामी देश विदेश सिपहरुले सद्ज्ञान साट्ने बनी जानी जे जसरी सकिन्छ उसरी जीवन्त बन्ने गरीयो नौलो युगको नयाँ प्रविधि जो नेपाल भित्राउँछ उस्को स्वागत हुन्छ है मुलुकमा फर्कन्छु साथी म त ।१३।बस्नेलाई सलाम लामहरुमा आफू भएरै बसआफ्नो निम्ति छ जिन्दगी यदि भने आफू रहेरै बस सक्छौ मेट्न भने बसेर सुखले छाती भरीको खतआफ्नो देश नबिस्र सम्झ दुखमा फर्कन्छु साथी म त

सत्ता पाए आन्दोलन रोकिन्छ : माओवादी नेता

एकीकृत माओवादीका स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्दले राष्ट्रिय सरकारको नेतृत्व माओवादीलाई गर्न दिए जारी आन्दोलन रोकिने जानकारी दिएका छन्। माओवादीले सत्ताको नेतृत्व गर्न पाए राष्ट्रपतिको कदम पनि सच्चिने र नागरिक सर्वोच्चता पनि पुनर्बहाली हुने उनले बताए। आइतबार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता चन्दले भने- 'सबभन्दा ठूलो पार्टीको हिसाबले सत्ता, सरकार र संविधानमा माओवादीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। राष्ट्रिय सरकारमा माओवादीको नेतृत्व नभएसम्म आन्दोलन जारी रहने बताउँदै चन्दले भने- माओवादीले सत्ताको नेतृत्व गर्न पाउनु नागरिक सर्वोच्चता हो। सरकारको नेतृत्व माओवादीले नगर्दासम्म जनताले चाहेको संविधान बन्न नसक्ने दाबी पनि चन्दले गरे। संविधान बनाउनलाई किन सरकारको जरुरी पर्यो भन्ने संवाददाताको प्रश्नमा चन्दले जनताले माओवादीलाई संविधान बनाउनका लागि मात्र भोट नदिएको बताए। उनले भने- 'सबैखाले परिवर्तनका लागि भोट पाएको माओवादीले सरकारको नेतृत्व गर्न पाउनै पर्छ।' माओवादीले राम्रो काम गर्न थालेपछि षडयन्त्रपूर्वक सत्ताबाट हटाइएको दाबी पनि उनले गरे।

माओवादीका कारण विदेशी हस्तक्षेप : दमननाथ

पूर्व सभामुख दमननाथ ढुङ्गानाले एकिकृत नेकपा माओवादीको गतिविधिका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन्। उनले भने- ‘सबै समस्याको समाधान निस्कने संसद थुनेर माओवादीले विदेशीलाई चलखेल गर्ने अवसर दिएका छन्।'
उनले सिंहदरबार घेराउ गर्नुभन्दा संसदबाट समस्याको निकास निकाल्न पनि आग्रह गरेका छन्। ‘संसद थुनेर सिंहदरबार त के पूरै देश नै घेराउ गरे पनि माओवादीले भनेको नागरिक सर्वोच्चता कायम हुँदैन'- मानव अधिकार संरक्षण मञ्च मोरङले आइतबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने- ‘सिंहदरबार घेरेर जनताले दु:खमात्र पाउने हो।' ढुङ्गानाले माओवादीलाई संविधानसभा विघटन हुने डर नपालेर त्यसको सट्टा संसदलाई गतिशील बनाउनुपर्ने सुझाव दिए। माओवादी एकातिर र त्यसबाहेकका राजनीतिक दल अर्कोतिर भएकै कारण देशको राजनीतिक अवस्था डाँवाडोल अवस्थामा पुगेको उनको भनाइ थियो। ‘माओवादी र त्यसबाहेकका दल दुई धारमा बाँडिएकाले समस्या झाँगिएको हो', उनले भने- ‘जुन शान्ति सम्झौताको विपरित हो।' कार्यक्रममा अर्का अधिकारवादी पदमरत्न तुलाधारले राजनीतिक दलका आपसी लडाईका कारण मुलुक जटिल अवस्थामा पुगेको तर्क गर्दै सहमतिबेगर कसैको भलाई नहुने बताए। उनले भने- दलहरु प्रतिबद्ध नभएसम्म मुलुकको समस्या समस्या हुँदैन्